बलात्कार गरेकाे सार्वजनिक गर्छु भनेपछि हत्या

|

इलाम : इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ। हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। 

गत मंगलबार कक्षा ११ को जाँच लेख्न विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएका इलामका प्रहरी प्रमुख हीरा बहादुर पाण्डेले जानकारी दिए। आकृतिको हत्या गरी माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो। सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा पढ्थिन्। 

युवती मंगलबार बिहान घरबाट परीक्षा दिन भनी हिँडेकी तर विद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो। बुधबार दिउँसो अम्लिसो(अम्रिसो) बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो।

शवलाई थप परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको थियो। प्रहरीसामु रोशनले बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन्। ढुंगाले टाउकोमा हानेर हत्या गरेको र आफ्नै गाई बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको रोशनको बयान उद्धृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.