|

अस्ट्रेलिया भ्रमणबाट फर्किएको न्युजिल्यान्ड टिमलाई १४ दिन सेल्फ क्‍वारेन्टनइनमा बस्‍ने निर्णय गरिएको छ। न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार यो जानकारी दिएको हो। कीवी टिमले तीन खेलको सिरिजका लागि अस्ट्रेलिया गएको थियो।

पहिलो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो। त्यसपछिका दुई खेल भने रद्ध गरिएको थियो। कोरोनाभाइरसका कारण टीमलाई स्वदेश फर्किन निर्देशन दिएको थियो। स्वदेश फर्कनासाथ सबै खेलाडी र सपोर्ट स्टाफलाई १४ दिनको सेल्फ आइशोलेसनमा राखिएको हो।

नियम पालन गर्न निर्देशन न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार अस्ट्रेलियाबाट फर्किएका खेलाडी तथा सम्बद्ध अधिकारीहरुलाई नियमको कडाइसाथ पालन गर्न निर्देशन दिएको छ।

बोर्डले भनेको छ‘ अस्ट्रेलिया भ्रमणबाट फर्किएका सबै १५ खेलाडी तथा सपोर्ट स्टाफलाई सेल्फ आइसोलेशनमा राखिएको छ। विश्वास छ सबैले नियमको पालना कडाइका साथ गर्ने छन्।’ न्युजिल्यान्ड क्रिकेट बोर्डका पीआरओ रिचर्ड ब्रुकले भने ‘यो निकै महत्वपूर्ण हो, अहिलेको अबस्थामा यो गर्नु जरुरी छ। हामीले आइशोलेसनमा रहँदा पालन गर्नुपर्ने नियमको बारेमा जानकारी दिएका छौं।’

न्युजिल्यान्डको सरकाले विदेश यात्राबाट फर्कने जोकोहिलाई पनि १४ दिनको सेल्फ आइशोलेसनमा बस्न निर्देशन दिएको छ। यदि कसैले यो नियम नमानेको खण्डमा उसलाई कानुनी कार्वाहि गर्ने चेतावनी सरकारले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.