|

काठमाडौं : सरकारले अत्यावश्यक कामबाहेक बाहिर आवतजावत, हिँड्डुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सांस्कृतिक,सामाजिक र त्यस्तै कार्यहरूमा पाटी प्यालेस,मठमन्दिर,गुम्बा,मस्जिद,चर्च जस्ता धार्मिक र सावर्जनिक स्थालहरूमा २५ जनाभन्दा बढी मानिस भेला नहुनसमेत सूचना जारी गरेको छ। तर, अहिले बौद्ध स्तुपमा कोरा गर्ने (बौद्धस्तूप परिक्रमा) गर्नेको भिडभाड उत्तिक्कै देखिन्छ।

बौद्ध स्तूपमा बिहान र बेलुकाको समयमा बढी भिडभाड हुने गरेको छ। धेरैले मास्क विना हिँडिरहेका पनि भेटिन्छन्। आन्तरिक तथा बाह्य पर्यटक उच्च जोखिममा बौद्ध स्तूपमा आउने गरे पनि अहिलेसम्म कुनै पनि सरोकार निकायले रोक्न पहल गरेको देखिँदैन। बौद्धमा आउने कतिपय सर्वसाधारणमा चेतनाको कमी पनि पाइएको छ। 

शुक्रबार बिहान बौद्धमा कोरा गरिरहेका तीनचुलीका सांगेल शेर्पाले सरकारले २५ जनाभन्दा बढी समूहमा नबस्‍न आग्रह गरेको विषयमा जानकारी नपाएको बताए। ‘म दैनिक बिहान बौद्धमा कोरा गर्न आउँछु,’उनले भने,‘बिहान र बेलुका धेरै भिडभाड हुन्छ। कोरोना भाइरसबारे जानकारी त छ। तर,सरकारले धेरै भीडभाडमा नहिँड्न भनेको विषयमा जानकारी छैन। बौद्धनाथ क्षेत्रविकास समितिले पनि केही भनेको छैन।’

उनका अनुसार बौद्धमा कोरा गर्दा इच्छाएका कुरा पूरा हुने,धर्म हुने, स्वास्थ्य रहने,अप्थ्याराबाट छुटकारा पाउने लगायतका विश्वासले बौद्ध धर्मलवम्बीहरू दैनिक बौद्ध स्तूपमा परिक्रममा गर्न आउँछन्।   

भीडभाड रोक्न माइकिङ गरिने

काठमाडौं महानगरपालिका ६ वडाका अध्यक्ष दीपेन्द्र लामाले बौद्ध स्तूपको भीडभाडलाई कम गराउन माइकिङ गरिने बताए। उनले भने,‘हिजो २५ जनाभन्दा बढी समूहमा नबस्‍नु भनेर सरकारले निर्देशन दिएको छ। अब माइकिङ गरेर बौद्धको भीडभाडलाई कम गराउँछौँ।’

उनले मास्क र सेनिटाइजरको व्यवस्थापन गरेपछि बौद्धमा आउनेहरूलाई मास्क पनि बाढ्ने बताए। उनका अनुसार मास्क र सेनीटाइजरको भने अहिले अभाव छ। उनले स्तूपा समुदाय अस्पतालसँग सहकार्य गरेर कोरोना भाइरसको रोकथामका लागि थप उपाय खोज्‍ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.