|

सर्लाही : अवैध रूपमा कटान गरी लुकाइएको खयरको काठ शुक्रबार डिभिजन वन कार्यालय सर्लाहीले बरामद गरेको छ। जिल्लाको हरिवन नगरपालिका ९ डुम्रीघारीमा लुकाइ राखेको अवस्थामा ५ सय २२ थान खयरका गोलिया फेला परेको वन कार्यालयका प्रमुख माधवप्रसाद देवले जानकारी दिए। 

सुराकीका अधारमा वन कार्यालयको टोलीले उक्र काठ फेला पारेको हो। बरामद गरिएको काठ करिब ३ सय क्युफिट छ। काठलाई अहिले शिवेश्वर सामुदायिक वन कार्यालय डुम्रीघारीमा राखिएको छ। काठ तस्करको पहिचान हुन नसकेको देवले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.