तीव्र गतिमा चलाए कारबाही

|

रौतहट : प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा सवारी चलाउने चालकलाइ कारवाही गरिने प्रहरीले बताएको छ। जिल्ला ट्राफिक कार्यालय रौतहटले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले यस्तो बताएका हुन।

रौतहटसहित प्रदेश २ का आठै वटा जिल्लामा चल्ने सवारी साधनका लागि टाइम कार्ड लागु गरिएको उनले जानकारी दिए। जिप, भ्यान र पिकअप बढीमा ८० किमि प्रतिघण्टा, टेम्पो, स्कुटर, पावरटिलर तथा ट्रयाक्टर बढीमा ४० किमि प्रतिघण्टा, मोटरसाइकल बढीमा ५० किमि प्रतिघण्टाको गतिमा मात्र गुडाउन पाइने छ।

त्यस्तै बस, मिनीबस, ट्रक, मिनीट्रक पहाडी बाटोमा बढीमा ५० किमि प्रतिघण्टा र समतल बाटोमा बढीमा ७० किमि प्रतिघण्टा तोकिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.