|

रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुईजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले प्रतिबन्धित नेकपाका रौतहट जिल्ला इञ्‍चार्ज 'संकेत' भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङलाई पक्राउ गरेको हो।

दुवैजनालाई रौतहट र मकवानपुर जिल्लाको सिमानाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेवडाँडा स्थित अल्जाजोरबाट पक्राउ गरेको प्रनानि शाहीले बताए। 

पक्राउ परेका नेकपा कार्यकर्ताको साथबाट एकथान नलकटुवा पेस्तोल र एकथान हातेगाेला (ग्रिनेड) बरामद भएको तथा पक्राउ परेका दुवै जनालाई आज बिहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको उपरीक्षक शाहीले जानकारी दिए।

गत माघ १४ गते पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले सोही पार्टीकी रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बललाई पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.