|

मुगु : कोराना भाइरस संकम्रणको महामारी फैलिँदै जान थालेपछि भारतमा रहेका नेपाली धमाधम गाउँ फर्कन थालेका छन्। भारतलगायत स्वदेशकै अन्य ठाउँमा रोजगारी तथा अध्ययनको सिलसिलामा गएकाहरू दुई दिनयता जिल्ला फर्कनेको लर्को नै लाग्न थालेको छ। 

जिल्लाका विभिन्न नाकामा सञ्चालनामा रहेका हेल्थ डेस्कमा उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको छ। कोरोना संक्रमणका कारण आफ्नो ज्यान नै जोखिमा राखेर बाहिर बस्नुभन्दा गाउँ नै फर्कन उचित भएको उनीहरुले बताएका छन्। तर यसरी गाउँ फर्कनेहरुले आफूले यात्रामा असुविधा भोग्नुपरेको गुनासो गरेका छन्। जिल्ला भित्रनेको संख्यामा बढोत्तरी भए पनि बाहिरिनेको संख्या निकै कम भएको यातायात व्यवसायीहरुले बताएका छन्। 

कोराना त्रासका कारण सरकारले शिक्षण संंस्थालगायत क्षेत्रहरू बन्दा गरेकाले पनि जिल्लाबासीहरु गाउँ फर्केका हुन्। जिल्ला अस्पताल मुगुका डाक्टर निर्मल नगरकोटीका अनुसार जिल्लामा प्रकोप फैलिन नदिन स्थानीय तहमा सावधानी अपनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.