काठमाडौं : नेपाल सरकारले हालै लागू गरेको नियम उल्लघंन गर्दै दुई विदेशी विमानबाट ६१ नेपाली त्रिभुवन विमानस्थल आइपुगेका छन्। एयर इन्डिया र थाई एयरवेजबाट आएका ६१ जनालाई नै भक्तपुरको क्वारेन्टाइनमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले जनाएको छ।
विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले थाहा खबरलाई दिएको जानकारीअनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए। आचार्यका अनुसार उनीहरू जापान, मलेसिया,दुवै र कतार लगायतका देशका नेपाली अन्यत्र ट्रान्जिट बनाएर आएका हुन्।
शुक्रबार मात्र २६ नागरिक विमानस्थल हुँदै नेपाल भित्रिएका थिए। आचार्यले शुक्रबार र शनिबार गरेर १३४ भारतीय नागरिक नेपाल भित्रिएको बताए।
एयर इण्डियाको विमान बिहान करिब नौ बजे र थाई एयरवेजको विमान करिब १२ :३५ मा त्रिभुवन विमानस्थलमा ल्याण्ड भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।