अधिकतम् सीमाको भाडा हटाउन सञ्चालकहरु तयार

|

काठमाडौं : वायुसेवा सञ्चालकहरुले आन्तरिक उडानतर्फ मनलाग्दी भाडा असुल्न थालेपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले त्यस्तो काम रोक्न आग्रह गरेका छन्। 

आन्तरिक वायुसेवा सञ्चालक संघका पदाधिकारीहरुलाई शनिबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा बोलाएर उनले कोरोना भाइरसलाई रोक्न राज्यको सबै शक्ति लागेका बेला नागरिकप्रतिको दायित्व नभुल्न भट्टराईले आग्रह गरेका हुन्। 

हवाई सेवा प्रदायक संस्थाका पदाधिकारीहरुसँगको छलफलपछि मन्त्री भट्टराईले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरीक ट्रङ्क रुटमा लिँदै आएको अधिकतम सीमाका २ वटा स्ल्याबका हवाई भाडा हटाउन निर्देशन दिएका छन्। 

उनको निर्देशनपछि वायु सेवा सञ्चालकहरु अधिकतम सीमाको भाडालाई हटाएर त्यसभन्दा तलको भाडा दरलाई अधिकतम सीमा कायम गर्न तयार भएका छन्। अर्कातिर न्यूनतम् सीमामा रहेका अन्य भाडा दरलाई यथावत कायम गर्न पनि उनीहरु तयार भएको पर्यटन मन्त्रालयले जनाएको छ।

'मन्त्रीज्यूले गर्नु भएको उक्त अनुरोधलाई वायु सेवा सन्चालकहरुले सकारात्मक रुपमा लिएका छन्', उनका स्वकीय सचिव प्रेम गुरागाईंले भने, 'तत्काल भाडा दर पुनर्विचार गर्ने प्रतिवद्धता उनीहरुले जनाएका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.