|

काठमाडौं : अर्जेन्टिनाका चर्चित फुटबलर पाउलो डायबलालाई कोरोना संक्रमण भेटिएको छ। 

अर्जेन्टिनाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डायबाला कोरोना संक्रमित भएका हुन्। डायबालासहित युभेन्टस फुटबल क्लबका ३ जना खेलाडीहरुमा कोरोना संक्रमित भइसकेका छन्।

युभेन्टसका स्ट्राइकर पाउलो डायबालाले उनी र प्रेमिका ओरियाना सबातिन दुवैमा कोरोना संक्रमण देखिएको छ। डायबालामा कोरोनाका लक्षणहरु देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो। उनमा कोरोना पोजिटिभ देखिएपछि हाल उनी घरमै आइसोलेसनमा छन्।

उनले सामाजिक संजालमा भनेका छन्,‘म र मेरी प्रेमिका दुवै कोभिड–१९ बाट संक्रमित छौँ, हामी दुवैजना आइसोलेसनमा रहेका छौँ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.