|

पर्सा : वीरगन्जस्थित गण्डक मेडिकल कलेजमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण देखिएको भन्ने हल्ला गतल भएको अस्पताल प्रशासनले जनाएको छ।  

केही दिनअघि एक बिरामीलाई वीरगन्जको गण्डक मेडिकल कलेजले पटना रिफर गरेको र उनमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै हल्ला चलेपछि अस्पतालले यस्तो जनाएको हो। ‘त्यस्तो कुनै प्रकारको बिरामी यो अस्तपालमा आएकै छैन, यो गलत हल्ला हो,’  गण्डक अस्पतालका एक कर्मचारीले थाहाखबरसँग भने, ‘हामीले हल्ला चलेको नाम गरेको कुनै पनि व्यक्तिलाई पटना रिफर गरेका छैनौं।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.