नेपाल बैंकले एक करोड जम्मा गर्ने

|

काठमाडौं : सरकारले नोभल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आपतकालीन कोष बनाएको छ। मन्त्रिपरिषदको आइतवार अपरान्ह बालुवाटारमा बसेको बैठकले ५० करोड रुपैयाँसहितको कोरोना नियन्त्रण कोष बनाउने निर्णय गरेको हो।

यो कोषमा मन्त्रिपरिषदका सबै सदस्यले एक महिनाको तलब  बराबरको रकम दिने निर्णय पनि भएको छ। 

नेपाल बैंकको एक करोड

नोभल कोरोना भाइरसको संक्रमण जोखिमबाट नागरिकलाई बचाउने सरकारको अभियानलाई सघाउन नेपाल बैंक लिमिटेडको संचालक समितिले एक करोड जम्मा गरिदिने निर्णय गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रूपैयाँ सरकारले खडा गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बैकका अध्यक्ष बासुदेव अधिकारीले थाहा खबरलाई बताएका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.