|

वीरगञ्ज : नोभल कोरोना भाइरस संक्रमित भनिएका पर्साको वीरगञ्जका एकजना व्यापारीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ। 

कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको आशंकामा भारतको बिहार राज्यस्थित पटना मेडिकल कलेजमा भर्ना भएका वीरगन्ज निवासी ६७ वर्षीया व्यापारी  शिवकुमार रुंगटाको स्वास्थ्य रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ पाइएको हो। 

बिहारस्थित पटना मेडिकल कलेज अस्पतालले आइतबार साँझ रुंगटाको परिवारलाई उपलब्ध गराएको स्वाब र रगतको नमूना परीक्षण नतिजामा कोरोना संक्रमण नेगेटिभ पाइएको हो। 

भारतको दिल्लीबाट केही दिनअघि मात्र वीरगन्ज आइपुगेका रुंगटा बिरामी भएपछि थप उपचारका लागि पटना लगिएको थियो। उनको र्‍याल (पीसीआर) को रिपोर्ट आएपछि कोरोना नेगेटिभ देखिएको हो। 

नेपालस्थित केही सञ्चारमाध्यमले पटना मेडिकल कलेजमा उपचाररत रुंगटामा कोरोना पोजेटिभ देखिएको समाचार प्रसारण गरेपछि देश नै तरंगित भएको थियो। यो समाचारका कारण नेपालमा पनि कोरोना भित्रिएको भन्दै जनजीवन आतंकित भएको थियो। 

बिरामी काकाको उपचारका लागि बिहार पुगेका उनका भतिजा आकाश रुगंटाले पनि यसको पुष्टि गरेका छन्। रुंगटाको पटनामा उपचार भइरहेको वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीले जानकारी दिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.