टेकु अस्पतालको आइसोलेसनमा उपचार हुँदै

|

काठमाडौं : फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया युवतीमा कोरोना देखिएको हो। 

फ्रान्सबाट गत चैत ४ गते आएर होम क्‍वारेन्टाइनमा राखिएकी युवती आफूलाई रुघाखोकी लागेपछि परीक्षण गर्न पुगेकी थिइन्। परीक्षणबाट उनमा कोभिड-१९ को संक्रमण देखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताए। 

उनी फ्रान्सबाट फर्किएर 'होम क्‍वारेन्टाइन' मा बसेकी थिइन्। होम क्‍वारेन्टाइनमा बसेकै बेला खोकी लागेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन्। 

यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि ठीक भइसकेका छन्। यो सँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.