|

काठमाडौं :गुठीसम्बन्धी रायसुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ। चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्‍ने विषयका सन्दर्भमा सरोकारवाला, गुठियार तथा जनप्रतिनिधिहरूसँग आवश्यक छलफल परामर्श गरी प्रस्तावित गुठी विधेयकमा राय सुझाव पेश गर्नका निम्ति मन्त्रालयले समिति गठन गरेको हो।

समितिले गुठीका गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरू, जनप्रतिनिधिहरूको संलग्‍नतामा अध्ययन, अन्तरक्रिया, छलफल र बैठक बसेर गुठीहरुको विशिष्टकृत अवस्थाको वस्तुस्थितीको चित्रण गरेर सुझाव दिनेछ। समितिको पहिलो बैठक बसेको मितिले एक महिना भित्रमा समितिले मन्त्रालयलाई सुझाव पेश गर्नुपर्नेछ। सोही आधारमा गुठीसहितको भूमि विधेयक मन्त्रालयले तयार गर्नेछ।

राष्ट्रियसभाबाट सरकारले गुठी विधेयक फिर्ता लिएपछि गुठीसहित एकीकृत भूमि सम्बन्धी विधेयक ल्याउन मन्त्रालयले तयारी गरेको छ। सोही सन्दर्भमा गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु मन्त्रालयले यसअघि पटकपटक छलफल गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.