संखुवासभा : कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी संखुवासभाको सदरमुकाम खाँदबारी आसपासका बजार र पसल एक हप्ताका लागि बन्द गरिने भएको छ। सोमबार बिहान बसेको उद्योग वाणिज्य संघ संखुवासभाको बैठकले अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने निर्णय गरेको हो।
सोमबारबाट अत्यावश्यक बस्तुहरू औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, इन्धनबाहेक सबै पसल बन्द गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए।
कोरोना संक्रमणबाट बच्न सदरमुकाम खाँदबारी आसपासका पसलहरु एक हप्ताका लागि बन्द गरिएको अध्यक्ष शाक्यले बताए संखुवासभा हजारौं भारतीय र चिनियाँ नागरिकसमेत बसोबास गर्ने भएकाले अन्यत्रभन्दा सदरमुकाम खाँदबारीमा सतर्क रहनु जरुरी भएको शाक्यले बताए। उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट बच्न सरकारले गरेको निर्णयलाई सहयोग गर्न बताएको छ। संक्रमणबाट बच्न सबैले आआफ्नो क्षेत्र बाट सहयोग गर्न समेत अनुरोध गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।