|
फाइल फोटो

काठमाठौं  : कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै निजी वायु सेवा कम्पनी बुद्ध एयरले आफ्ना १३ जहाजमध्ये ६ वटा जहाज थन्क्याएको छ। 

कोरोनाभाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउन गरेको अग्रहलाई आत्मसाथ गर्दै ती जहाज रोकिएको बुद्धले जनाएको छ।

यात्रुहरुको सुविधालाई हाल केही जहाज चलाए पनि अब तिनलाई पनि चाँडै रोक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा गरेको छ। 

छिमेकी राष्ट्र भारतले ‘जनता कर्फयू’ उपाय अवलम्वन गरिसकेको अवस्थामा नेपालले पनि विशेष सतर्कता अपनाएकाले उडान कम गर्ने निर्णयमा पुगेको कम्पनीले बताएको छ।

त्यस्तै एयरलाइन्सले कर्मचारीलाई आलोपालो गरेर काममा फर्कने व्यवस्था मिलाएर केही कर्मचारीलाई तलबी बिदा दिएको पनि जनाएको छ।

‘विशेषज्ञहरुले काठमाडौंमा इटली वा अमेरिकाजस्तो कहर आयो भने लाखौं जनसंख्या प्रभावित हुने र हजारौंको ज्यान जोखिममा पर्न सक्ने अनुमान गरिरहेका छन् । यसबाट बच्ने एक मात्र उपाय घरमै बस्नु हो,’ विज्ञप्तीमा भनिएको छ, ‘आजको प्रमुख आवश्यकता सम्पूर्ण क्रियाकलापलाई तुरुन्त बन्द (लकडाउन) गरी घरमै सुरक्षित बस्नु भएकाले सवैलाई सुरक्षित घरभित्रै रहन आग्रह गर्दछौँ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.