|

सुर्खेत : कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुर्खेतमा जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको हो। मंगलबारदेखि लागु हुने कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए। 
यसबारेमा जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सूचित गराइएको लामिछानेले बताए। 

विज्ञप्तिमा मंगलबार बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने जनाइएको छ। मोटरसाइकललगायत सबै सवारीसाधनमा यो नियम लागू हुने कार्यालयको विज्ञप्तिमा उल्लेख छ। यो नियम अर्को सूचना जारी नहुन्जेलसम्म लागु हुनेछ। भीडभाड कम होस र रोग लाग्नबाट जनता बाँचून भन्ने अभिप्रायले सूचना जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै, राति १० बजेदेखि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव बाहन, सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्य कुनै पनि सवारी साधनको आवागमन बन्द गरिने जनाइएको छ। 

यसैगरी इटहरीमा पनि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ। इटहरी उपमहानगरले साना सवारी साधनहरूलाई जोर बिजोर प्रणालीमा सञ्चालन गरिने बताएको छ।  उपमहानरमा चल्ने सिटी सफारी, अटो, म्याजिकलगायतलाई यस्तो नियम लगाएको हो। जसको निरीक्षण गर्न प्रदेश ट्राफिक कार्यालयलाई दिइएको छ।उपमहानगरले भोलि मंगलबारदेखि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र व्यापार व्यवसाय बन्द गर्ने आह्वानसमेत गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.