|

काठमाडौं : कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि सिमा बन्द 'लकडाउन' गर्ने निर्णय गरेको छ। 

सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन। यो एक प्रकारको निषेधाज्ञा भएको अधिकारीहरुले कताएका छन्।

लकडाउनका क्रममा स्थलमार्गका सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्। यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन्। लकडाउनका क्रममा अनुमति लिएका मानिस र  सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.