|

संखुवासभा : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खाँदबारीमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ।

बरुण बहुमुखी क्याम्पसको भवनमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिन ४० जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। 

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दे जिल्लास्थित नेपाली सेनाको बराह दल गुल्मले समेत २० बेड क्षमताको क्वारेन्टाइन र ५ बेडको आइसोलेसन निर्माण गरेको छ। क्वारेन्टाइनका लागि बहुमुखी क्याम्पसको भवन पयोग गरिएको छ। क्वारेन्टाइन स्थलमा आश्वयक उपकरण जडान भइसकेको छ।

जिल्ला विपत व्यवस्थापन समितिको बैठकले विभिन्न स्थानमा रहेका सरकारी भवन र क्याम्पसका भवनको अनुगमपछि बरुण  क्याम्पसनै उपयुक्त स्थान रहेपछि निर्माण गर्ने निर्णय गरेको थियो।

क्वारेन्टाइनका आवस्यक स्वास्थ्यकर्मी समेत तयारी रहेको प्रजिअ दुलालले बताए। क्वारेनटाइनमा तीनवटा कोठामा पुरुष र एक कोठामा महिला राख्ने व्यवस्था गरिएको छ। प्रजिअ दुलालले भने हामी उपचारमा सहज बनाउन एम्बुलेन्स र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखेको बताए। 

क्वारेन्टाइन स्थलमा विद्युत,खानेपानी लगायतका उपकरण जडान भइसकेको छ। विभिन्न स्थानबाट संखुवासभा फर्किएका नागरिकलाई १४ दिन क्वारेन्टाइन राखेर स्वास्थ्य परीक्षण गरिने प्रजिअ दुलालको भनाइ छ।

क्वारेन्टाइनमा नेपाली सेनाको बराह दल गुल्मले मंगलबार बाट स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स राख्ने बताएको छ। सेनाले हेल्प डेक्स र मेसका लागि १५ जनाको टोली खटाउने बराह दल गुल्मका प्रमुख मेजर सुमन श्रेष्ठले बताए। अहिले जिल्लाका भित्रिने विभिन्न नाकामा स्वास्थकर्मीसहितको हेल्प डेक्स स्थापना भइसकेका छन्।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष स्थापना गरिएको छ। कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष स्थापना भइसकेको छ।

जिल्ला अस्पताल खाँदबारीमा पाँच र मनकामना सामुदायिक अस्पतालले पाँच शय्याको आइसोलेसन कक्ष बनाइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.