समाज

नेपालगन्ज विमानस्थलमा सुत्केरी र वृद्धवृद्धा अलपत्र

चैत ११, २०७६

    डोल्पा : घर हिँडेका डोल्पाबासी नेपालगन्जमा अलपत्र परेका छन्। सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण नेपालगन्ज विमानस्थलमै रोकिएका हुन्। मंगलबार डोल्पा उड्नका लागि जहाजको टिकट लिएका करिब ५० जना सर्वसाधारण राँझा एयरपोर्टमै अलपत्र परेका छन्। अलपत्र परेका उनीहरू नेपालगन्जका दुई वटा होटलमा बसिरहेका छन्।

    टिकट लिएर पनि जहाज नउडेपछि नेपालगञ्जका होटेलमै बस्नुपरेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताए। अझै एक साता बस्नुपरे आफूहरू खर्च सकिएर अलपत्र पर्ने उनीहरुले गुनासो गरेका छन्। अलपत्र पर्ने अघिकांश उपल्लो डोल्पाका नागरिहरुहरु हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]