|

काठमाडौं: प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरेको भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ। जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही गरेको हो। अनलाइन, टिभी र पत्रिका गरी काउन्सिलले ती मिडियालाई कारवाही गरेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। 

पत्रकार आचारसंहिताविपरीत ती सामग्री हटाउन निर्देशनसमेत दिएको उनले बताए। कारवाहीमा परेका सञ्चारमाध्यमहरुलाई २४ घण्टे स्पस्टीकरणसमेत सोधिएको छ। यस्तै, दर्ता नभई सञ्चालित ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्नेसमेत बताइएको छ। प्रेस काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मिका लागि ९ बुँदे निर्देशिका समेत जारी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.