दैलेख : दैलेखमा लक डाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउने तीन जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। सदरमुकाम दैलेख बजारमा तीन वटा मोटरसाइकलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिएका छन।
जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सवारी साधानबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। यस्तै कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणसम्बन्धी सावधानी अपनाउँदै दैलेखका पसलहरु पाँच दिनसम्म बन्द गरिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।