मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाकाे तलब जम्मा गर्ने
मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाकाे तलब जम्मा गर्ने
हेटौंडा : बागमती प्रदेश सरकारले कोरोना भाइरस उपचार कोषको स्थापना गरेको छ। प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो।
विश्वभर नै महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान स्रञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए। उक्त कोषमा रकम जम्मा गर्न सरकारले सर्वसधारणलाई समेत आह्वान गरेको छ। यसैगरी आज नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा घोषणा गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।