स्वास्थ्य सेवामै केन्द्रित हु राज्य सरकारलाई अपिल

|
भारतीय प्रधानमन्त्री मोदी । तस्बिर : एजेन्सी

नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमणमा देशका सबैजसो राज्यमा पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। उनले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनसम्म घरबाहिर निस्कने कुरा कल्पना नगर्न अपिल गरेका छन्। 

कोरोना भाइरसबाट १० जनाको मृत्यु र ५३० भन्दा धेरै संक्रमित भएपछि मोदीले एक सातामै दोस्रो पटक राष्ट्रलाई सम्बोधन गरेका हुन्।

'हाम्रा लागि यी २१ दिन अत्यन्तै महत्वपूर्ण छन्। यसैले आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गर्दैछौं', मोदीले देशबासीलाई हात जोड्दै भने, आज राति १२ बजेदेखि देश पूर्णरुपमा लकडाउन हुँदैछ। कृपया यी २१ दिनमा कोहीले पनि घरबाहिर निस्किने कल्पना पनि नगर्नु होला।'

प्रधानमन्त्री मोदीले कोरोना भाइरससँग बच्नका लागि यो बाहेक अर्को कुनै विकल्प नरहेको पनि बताएका छन्। 'हामीसँग यो बाहेक अर्को कुनै बाटो थिएन', उनले भने, 'कोरोनालाई फैलिनबाट रोक्न यही नै उपाय थियो। कोरोनाको संक्रमणको सांग्लोलाई यही विकल्पबाट तोड्न सकिन्छ। 

मोदीले जनतालाई कडा चेतावनी दिँदै कुनै पनि प्रकारको खेलवाडले जीवन नै खतरामा पर्न सक्ने बताएका छन्। 'कुनै पनि प्रकारको खेलवाडले तपाईं हाम्रो जीवन नै जोखिममा पर्न सक्छ', उनले मलिन अनुहार बनाउँदै भने, 'मलाई विश्वास छ, हरेक भारतीय संकटको यस घडीमा सरकारको, स्थानीय प्रशासनको निर्देशनको पालना गर्न तयार हुनेछन्।'

उनले २१ दिन लामो लकडाउनले भारतवासीको ज्यान बचाउने पनि बताए। '२१ दिन लामो लकडाउन लामो त छ तर तपाईंको जीवन रक्षाका लागि, तपाईंका परिवारको जीवन बचाउनका लागि यो त्यतिकै महत्वूर्ण पनि छ।'

मोदीले कुनै पनि किसिमको अफवाहको पछि नलागी धैर्य गरेर बसिदिन पनि अपिल गरेका छन्। 'तपाईंहरु सबैले कुनै पनि किसिमको अफवाह र अन्धविश्वासमा नपरिदिनु होला', मोदीले भने, 'मेरो बिन्ति छ तपाईंहरु कसैले कोरोनाको लक्षण देखिएमा डाक्टरको सल्लाह नलिइ कुनै पनि किसिमको औषधि नखानु होला।'

मोदीले राज्य सरकारलाई पनि यस समय पहिलो प्राथमिकता केवल स्वास्थ्य सेवा हुनुपर्ने बताएको सम्झाउँदै अरु सबै कुरालाई अहिले स्थगित गर्न अपिल गरे। 

भारतमा कति क्षति?

भारतमा नोभल कोरोना भाइरस फैलिएको १४ औँ दिन बित्दा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड-१९ को संक्रमणका निधन भएको छ। 

ती वृद्धमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन्। अहिलेसम्म भारतमा यसको संक्रमणबाट मृत्यु भएका १० जनामध्ये ७ जनामा मधुमेह र रक्तचापको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। 

५० वर्षमुनिका एक जना  भारतमा यसको संक्रमणबाट ज्यान गुमाउनेमा ९ जना ५० वर्षभन्दा बढी उमेरका छन्। एकजना ३८ वर्षीय मिर्गौलाका बिरामीको भने बिहारको अस्पतालमा निधन भएको हो। 

पछिल्लो आठ दिनमा कोभिड-१९ को संक्रमणबाट भारतमा तीनजनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती तीनै जनाको मुम्बईस्थित कस्तुरबा अस्पतालमा निधन भएको हो। 

यसैबीच भारतमा कोरोना भाइरस संक्रमणको संख्या ५ सय २८ पुगेको बताइएको छ। कोरोना संक्रमण बढ्दै गएपछि भारतलाई नै २१ दिनसम्म लकडाउनमा लैजाने कदम मोदीले चालेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.