|

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार साँझ जिल्लाको रेसुंगा नगरपालिका ४ को मसिना पोखरीमा छल्दी खोला तिरबाट अर्खलेतर्फ आउँदै गरेको लु ३ त ८०७२ नं को ट्याक्टर बिजुलीको पोलमा ठोकिँदा रेसुंगा नगरपालिका ४ का ६२ वर्षीय ट्याक्टर चालक शेरबहादुर बुढाथोकी घाइते भएका थिए। घाइते चालक बुढाथोकीको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मृत्युको शव तम्घास अस्पतालमा पोष्टमार्टमका लागि  राखिएको  जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.