हरिभक्त शर्मा भन्छन् : राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न खोजेका हौँ

|

काठडमाडौं : नेपालको चर्चित औषधि उत्पदाक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोभिड-१९ (कोरोना भाइरस) को उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सरकारलाई सित्तैमा दिने बताएको छ। 

उक्त फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले यसबारेमा जानकारी दिएका हुन्। फर्मास्युटिकल्सले यसबारेमा मंगलबार एउटा प्रेव वक्तव्य नै निकालेको छ। 

‘विश्वभरि कोभिड-१९ को उपचारमा एकमात्रै औषधिका रूपमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’प्रयोग गर्न सकिने विभिन्न शोधहरूबाट पुष्टि भएको छ', शर्माले भनेका छन्, 'भारतले यो ट्याब्लेटलाई प्रयोगमा ल्याउने निर्णय गरिसकेको छ।’ 

उनले राष्ट्र र जनताप्रतिको दायित्व सम्झिएर यस्तो कदम चालिएको दाबी गरेका छन्। ‘राष्ट्रप्रतिको जिम्मेवारी ठानेर हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट, हाइक्विन २०० ट्याबलेट उत्पादन गरी सरकारलाई निशुल्क दिने निर्णय लिएका हौँ।'

कम्पनीले जारी गरेको विज्ञप्तिमा तत्कालै ४ लाख हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई उपलब्ध गराउने जनाएको छ।

यतिका संख्याको ट्याब्लेट कोरोना भाइरसका १५ हजारजना बिमारीको उपचारका लागि पुग्ने कम्पनीले दाबी गरेको छ देउराली जनताका अनुसार यतिका संख्याको ट्याब्लेटको बजार मूल्य ४८ लाख रुपैयाँ बराबर हुन आउँछ।

कम्पनीले दाबी गरे अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो औषधि कोभिड-१९ को उपचारमा प्रभावकारी हुने जनाएका छन्

कोभिड-१९ को उपचारमा यो औषधि प्रभावकारी भएमा महामारीका बेला यस्ता औषधिको उत्पादनमा सरकारसँग सहकार्य गर्ने दाबी पनि शर्माले गरेका छन्। 

शर्माका अनुसार हाल देउराली जनताले नेपालमा दुई सय १० प्रकारका विभिन्‍न औषधिहरू उत्पादन गर्दै आएको छ। देउराली जनता नेपालको शीर्ष औषधि कम्पनीमध्ये एक हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.