|

म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोटस्थित दाजुङखोला लघुजलविद्युत परियोजना मर्मतपछि विद्युत उत्पादन शुरु भएको छ। लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको १६ लाख रुपैयाँ सहयोगमा जलस्रोत सिंचाई विकास तथा डिभिजन कार्यालय म्याग्दी मार्फत परियोजनाको विद्युत गृहको टर्वाइन मर्मत ,गेटबल, बाढीले बगाएको नहर निर्माण र मर्मत तथा ट्यांकी मर्मत गरेपछि १९ दिनमा विद्युत उत्पादन सुरु भएको दाजुङखोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिए।

२०५७ सालदेखि उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा नं ३ को खतेनसहित ओखरबोट, च्युरिबोट, महभिर र छाप गरी करिब चारसय घरधुरीले सेवा लिदै आएका छन्। उक्त लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिंचाइ गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.