|

रूसमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्व विभागका अनुसार रुसको सुदूरपूर्वी कुरिल टापु केन्द्रबिन्दु भएर ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। शक्तिशाली भूकम्पका कारण पूरै क्षेत्र थर्कमान भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहे पनि प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्। उक्त सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.