|

काठमाडौं :  संघीय संसदअन्‍तर्गत प्रतिनिधिसभाको बैठक आगामी २३ गतेसम्मका लागि स्थगित गरिएको छ। भोलिका लागि बोलाइएको बैठक कोरोना भाइरसको सम्भावित संक्रमणका कारण आउँदो २३ गते बस्ने गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।

सचिवालयले आज एक सूचना जारी गरी सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले बैठक सारिएको जनाएको छ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम आगामी २३ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.