रोनाल्डो र उनका एजेन्टले पनि दिए उत्ति नै रकम
रोनाल्डो र उनका एजेन्टले पनि दिए उत्ति नै रकम
एजेन्सी : अर्जेन्टाइन फुटबलर लियोनेल मेसीले कोरोना भाइरसका बिरामीको उपचारका लागि एक मिलियन युरो सहयोग गरेका छन्। स्पेनको बार्सिलोनास्थित अस्पताललाई कोरोना भाइरसका बिरामीको उपचारका लागि मेसीले उक्त सहयोग गरेका हुन्।
चर्चित खेल अनलाइन गोल डटकमका अनुसार कोरोनाको चपेटमा परेको स्पेनको बार्सिलोनास्थित एउटा पब्लिक अस्पतालका लागि मेसीले उक्त रकम दिएका हुन्।
मेसीले उक्त रकम प्रदान गरेको जानकारी उक्त अस्पतालले आफ्नो फेसबुक र ट्विटर पेजमार्फत पनि दिएको छ। मेसीसँगै उनी तथा बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले पनि एक मिलियन युरो बराबरको रकम अस्पताललाई स्वास्थ्य सामाग्री खरिदका लागि प्रदान गरेका छन्।
त्यसैगरी पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पनि लिस्बन र पोर्टोस्थित दुई अस्पतालका लागि एक मिलियन युरो प्रदान गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।