सडकमा निस्किनेलाई नियन्त्रणमा लिँदै प्रहरी

|

काठमाडौं : कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउन सरकारले घोषणा गरेको एक हप्ते लकडाउनको दोस्रो दिन हो आज बुधबार। लकडाउनको पहिलो दिन जस्तै दोस्रो दिन पनि अपेक्षितरुपमा काठमाडौं सुनसान देखिएको छ।

पहिलो दिन जस्तै सुरक्षाकर्मीको बाक्लो उपस्थित काठमाडौंका चोकचोकमा देखिएको छ। खाद्यान्नसहितका किराना पसल सरकारले खोल्न दिएपछि केही भिड देखिएको छ। यो कोरोना भाइरस फैलिने अर्को खतरा पनि हो।

दोस्रो दिन काठमाडौंका मूल सडक सुनसान छन्। केही औषधि पसल र खाद्यान्य पसल खुले पनि अन्य व्यापार व्यावसाय ठप्प छ। सरकारले देश र जनतालाई जोगाउन लकडाउन गरिएको भन्दै सबैले साथ दिन अपिल गरिरहेको छ। 

पहिलो दिन सडकमा खटिएको प्रहरीले घरबाट निस्किएकालाई सम्झाएको थियो। तर दोस्रो दिन सडकमा निस्किनेलाई पक्राउ गरेर हिरासतमा लिइरहेको छ। 

फोटोमा हेर्नुस् दोस्रो दिनको लकडाउन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.