कोभिड-१९ {अपडेट}

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका काभ्रेका थप पाँचजना सम्पर्कमा

चैत १३, २०७६

    काभ्रे : कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका काभ्रेका थप पाँच जना सम्पर्कमा आएका छन्। संक्रमित युवतीसँगै आएकाहरुलाई सम्पर्कमा आउन सरकारले आह्‍वान गरेसँगै उनीहरू सम्पर्कमा आएका हुन्।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सम्‍पर्कमा आएकामध्ये चारजना धुलिखेलका रहेको थाहाखबरलाई जानकारी दिए। प्रजिअ तिमल्सिनाका अनुसार एक जनाको ठेगाना पुष्टि हुन बाँकी छ। उनका अनुसार सम्पर्क आएकामध्ये ३ महिला र २ पुरुष रहेका छन्।

    सम्पर्कमा आएका व्यक्तिले बताएअनुसार उनीहरु सबै अमेरिकाबाट कतार हुँदै नेपाल आएका हुन्। अहिले उनीहरु डाक्टरको सल्लाहअनुसार घरमै सेल्फ क्वरेन्टाइनमा बसिरहेका छन्। उनीहरुलाई चेकजाँचको लागि टेकु अस्पताल लैजाने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

    नोबेल कोराना भाइरस ९कोभिड–१९०को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्ज्याङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए। यससँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेका ७ जना सम्पर्कमा आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]