|

विदुर आचार्य

सिन्धुपाल्चोक : फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाईनमा राखिएको छ।उनीहरु गत चैत्र ४ गते एउटै विमानमा काठमाण्डौ आएका थिए ।  

मंगलवार कतार एयरवयजमा आएका यात्रुहरुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका तीनजना रहेको खुलेको थियो। एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका ती जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लले जानकारी दिए। 

उनीहरुमध्ये एक जना होम क्वारेन्टाईनमा, एक जना काठमाण्डौ जोरपाटी स्थित ह्ईट गुम्वा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाईनमा वसेको पार्ईको उनले जनाए।  उनीहरुको परिवारलाई समेत होम क्यारेन्टाइनमा बस्न आग्रह गरिसकेको उनको भनाई छ। 

उल्लंघन गर्ने कारबाहीमा

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकथामका लागि सरकारले लगाएको लकडाउन उल्ङघन गर्ने १ सय २७ जना कार्वाहीमा परेका छन्।  लकडाउनको दोस्रो दिन नियम उल्लङ्घन गर्ने १ सय २७ जनालाई जिल्ला प्रहरी कार्यालयले कारबाही गरेको हो। 

नियम विपरीत हिडेकन ३७ सवारी साघन पनि कारवाहीमा परेका छन्। लकडाउनको समयमा विना काम सवारी चलाउने र आवत जावत गर्नेलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। 

कारवाही पर्नेमा सिन्धु काभ्रे सीमा क्षेत्र वन्देउमा २७ वटा सवारी सहित ६५ जना सवारी कारवाहीमा परेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयले सदरमुकाम चौतारामा २७ र ईलाका प्रहरी कार्यालय मेलम्चीले  दुई वटा मोटरसाईकल सहित २३ जनालाई लगडाउन उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको उनको भनाइ छ। 

विषय परिस्थितिलाई मध्यनजर गरी, राज्यको नीति अवलम्बन गर्दै आफू बाँचौँ र अरूलाई बचाउन स्फूर्त सचेत गराईएको समेत काफ्लेले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.