|

काठमाडौं : छिमेकी चीनको एक कम्पनीले कोरोना भाइरस परीक्षणका लागि दिने भनिएका दुई हजार टेस्ट किट रसुवागढी नाका हुँदै नेपाल ल्याइने भएको छ। 

बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई दुई हजार टेस्ट किट सहयोग गरेको हो।

उक्त टेस्ट किट बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग हस्तान्तरण गरिएको बताइएको छ। चीन सरकारले पनि नेपालका लागि विशेष सहयोग पठाउने जनाएको छ। त्यस्तै अलिबाबा फाउन्डेसनले पठाउन लागेका मास्कसहितका स्वास्थ्य सामाग्री पनि आइतवारसम्म नेपाल आइपुग्नेछ।

म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोका लागि काठमाडौंमा सक्रिय इन्टरनेशनल इन्भेस्टमेन्ट एण्ड कोअपरेशन कन्सल्टिङ कम्पनीले कोरोना परीक्षणमा समस्या भएको थाहा भएपछि ती टेस्ट किट सहयोग गरिएको हो।

यी टेस्ट किटबाट दुई हजार जनाकै कोरोना परीक्षण गर्न सकिनेछ। बेइजिङस्थित नेपाली दूतावास रसुवागढी नाका हुँदै ती सामान केही दिनमा नेपाल आइपुग्नेछन्। 

सरकारले बुधबार अत्यावश्क सहयोग सामाग्री ल्याउन चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने निर्णय लिएको थियो।

नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या ३ पुगेको छ। ६८७ जनाको परीक्षणमा ६८४ जनामा नेगेभिट देखिएको छ। तर कोरोना फैलिने जोखिम उच्च रहेकाले नेपालले स्वास्थ्य सामाग्री जुटाउन थालेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.