|

जुम्ला : कोरोना भाइरस रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २३ शैयाको आइसोलेसन तयार पारेको छ। प्राविधिक शिक्षालयहरुमा क्‍वारेन्टाइन व्यवस्था गरिएको छ। प्रत्येक स्थानीयत तहले आइसोलेससन बेड निर्माण गरेको छन। जुम्लामा लकडाउन कार्यान्वयन गर्न सशस्त्र प्रहरी नेपाल, प्रहरीले कडाइ गरेका छन्। सडककमा हिँडडुल गर्नेलाई कारबाही गरिएको छ। 

जुम्ला बजार सुनसान छ। तर चन्दननाथ नगरपालिका १ को तलिचौरमा बाजागाजासहित पुजापाठ चलिरहेको छ । सरकारले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रत्येक नागरिकलाइ सुरक्षित बस्न र अत्यावश्यक कामबाहेक घरबहिर नस्कन अनुरोध गरे पनि तलिचौरमा भने पूजापाठको नाममा भीडभाड बढेको छ।  

उक्त ठाउँमा झट्ट हेर्दा बिहे भइरहेको जस्तो देखिन्थ्यो । तर बुझ्दा कोरोनाविरुद्ध पुजापाठ गरेको पाइएको हो। तालिचौरका पदमबहादुर दमाइले कोरोना संक्रमण भित्रिन नदिन पञ्चबलि दिन थालेको बताए। दमाईले भने, ‘धार्मिक विस्वासआनुसार राँगो, खसी, कुखुरा, हाँस र माछा विधिपूर्वक पूजा आरधाना गरेका छौं।’ 

उनले थपे, ‘हाम्रो तलिचौरमा रहेका प्रत्येकका घर परिक्रमा गरी भगवतीदेवीको पूजा गरी पञ्चबलि दिने चलन छ।’ उनले यसअघिको माहमारी आउँदा पुर्खाहरुले पञ्चबलि दिएर महामारीबाट जोगिएको भन्दै आफूहरुले पनि यस्तो कार्य गरेका बताए । सरकारले गरेको लकडाउनले आफूहरुलाई कुनै समस्या नभएको भन्दै उनले दैनिक मजदुरी गरेर छाक टार्ने विपन्न नागरिकलाई यसले प्रभाव पारेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.