|

काठमाडौं : कोरोना भाइरसका बिरामीको उपचारका लागि तयार पारिएका २५ वटा अस्पताललाई फिबर क्लिनिक सञ्चालन गर्न १०-१० लाख रुपैयाँ पठाइएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले उक्त कुराको जानकारी दिएका हुन्।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव कोइरालाले केन्द्र र प्रदेश तहमा तोकिएका २५ वटा हब अस्पताललाई १०-१० लाख रुपैयाँ पठाइएको जानकारी दिए। 

उनले त्यही रकमबाट हब अस्पतालले आवश्यक औषधि तथा उपकरण खरिद गरी सेवा सञ्चालन गर्नुपर्ने पनि जानकारी दिएका छन्।

स्थानीय तहलाई आग्रह

सचिव कोइरालाले विदेशबाट आएका व्यक्तिहरुलाई आफ्नो क्षेत्रमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन्। 

'ज्वरो आएको, रुघाखोकी लागेको छ भने आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्छ', उनले भने, 'ज्वरो गम्भीर छ भने स्थानीय स्वास्थ्य संस्थाले स्वाब संकलन गरेर परीक्षणका लागि पठाउन्। गाउँमा आउनेको दैनिक दर्ता गराएर गृह मन्त्रालयमा पठाउनु होला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.