इटाली, स्पेन र अमेरिकामा फैलिँदो संक्रमण

|

एजेन्सी : कोभिड-१९ विश्‍वका १९५ देशमा पुगेको छ। कोरोना भाइरसका कारण बिहीबार अपरान्हसम्म २२ हजार २६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म यो भाइरसबाट ४ लाख ८७ हजार ४३४ मानिस संक्रमित भइसकेका छन्। 

यो भाइरसको संक्रमणमा परेका एक लाख १७ हजार ५६४ मानिस ठीक भएका छन्। भारतका एक अर्ब ३० करोड, नेपालका ३ करोड र इटालीका ६ करोडसहित करिब २ अर्ब जनसंख्या अहिले घरमै बन्दी भएको छ।

कोरोनाको चपेटामा रसिया पनि परेको छ। त्यहाँ बिहीबारदेखि किराना दोकान, फार्मेसी, रेस्टुरेन्ट र पार्क बन्द गरिएको छ। रूसमा लगातार दोस्रो दिन कोरोनो भाइरसका संक्रमित बढ्दै गएका छन्। 

तथ्यांक अनुसार रसियामा २४ घण्टायता १८२ नयाँ मामिला सार्वजनिक भएका छन्। यसका साथै रसियामा ८४० जना संक्रमित भइसकेका छन्। रसियामा तीनजनाले ज्यान गुमाएका छन्। अर्कातिर इटालीको जस्तै तीव्र गतिमा फैलिएको यो भाइरसे स्पेनमा चार हजार ८९ जनाले ज्या गुमाएका छन्। 

इरानको स्वास्थ्य मन्त्रालयले बिहीबार बताए अनुसार पछिल्लो २४ घण्टामा १५७ जनाको ज्यान गएको छ। यसका साथै इरानमा ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २९ हजार ४०६ पुगेको छ। 

कोरोना फैलिँदै गएपछि फ्रान्सले इराकमा तैनाथ आफ्ना सबै सैनिकलाई फिर्ता बोलाउने भएको छ। फ्रान्सको सैन्य मन्त्रालयले बुधवार कोरोना भाइरसको बढ्दो प्रभावलाई देखेर सेना फिर्ता लिने निर्णय लिइएको जनाएको छ। 

फ्रान्समा १३३१ जनाको ज्यान गएको छ। त्यहाँ अहिलेसम्म २५ हजार भन्दा धेरै संक्रमित भएका छन्। 

ब्रिटिश कुटनीतिज्ञको मृत्यु

उता कोरोना भाइरसका कारण हंगेरीमा कार्यरत ब्रिटिश कूटनीतिज्ञको ज्यान गएको छ। हंगेरीमा वरिष्ठ ब्रिटिश कूटनीतिज्ञ स्टिभन डिकको मंगलबार ज्यान गएको हो। 
उनी केबल ३७ वर्षका थिए। उनी बुडापेस्टमा ब्रिटिश दूतावासका मिशन उपप्रमुख थिए। बेलायतमा अहिलेसम्म ४६५ मानिसको ज्यान गएको छ। यहाँ ९६४० मानिस संक्रमित छन्। 

चीनले भन्यो : नाका खोल्नू

कोरोना भाइरसको बढ्दो मामिलाका कारण पाकिस्तानले आफ्ना सबै सिमाना बन्द गरेको छ। यस्तवमा चीनले पठाउन लागिएका सामान आपूर्तिका लागि नाका खोल्न भनेको छ। पाकिस्तानमा संक्रमितको संख्या ११०२ भएको छ। यहाँ आठ जनाले ज्यान गुमाइसकेका छन्। 

यसैबीच चीनले पाकिस्तानमा औषधि आपूर्तिका लागि शुक्रवार नाका खोल्न भनेको छ। डन अनलाइनको समाचार अनुसार खन्जरब दर्रा साधरणत: १ अप्रिलमा खोलिन्छ। तर कोरोनाको महामारीका कारण यो सीमा अनिश्चितकालका लागि बन्द गरिएको छ। 

अमेरिकामा २२३ को मृत्यु

सीएनएनका अनुसार अमेरिकामा बुधवार २२३ जनाको ज्यान गएको छ। यो देशमा अहिलेसम्मको सबैभन्दा धेरै मृत्यु हो। मंगलवार यहाँ १६४ जनाले ज्यान गुमाएका थिए। जनवरीमा यहाँ पहिला संक्रमित भेटिएका थिए।

यहाँ अहिलेसम्म १०३२ जनाको ज्यान गएको छ। चार दिनअघि आइतवार बिहानसम्म देशभरमा कुल ३२६ को मृत्यु भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार कोरोना रोक्न कडा कदम चाल्ने बताएका छन्। अमेरिकामा ६६ हजार ४८ मानिस संक्रमित छन्। 

जापानमा टास्क फोर्स

जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरस महामारीसँग जुध्न टास्क फोर्स गठन गर्न आदेश दिएका छन्। देशमा संक्रमणको आँकडा १३०७ भएको छ। यहाँ ४५ जनाले ज्यान गुमाएका छन्। 

जापानको मन्त्रिपरिषद्का मुख्य सचिव योशीहिदे सुगाले बिहीबार टास्क फोर्स गठन गर्नका लागि आपातकालिन स्थिति घोषण गर्न जरुरी रहेको बताएका छन्। बुधवार जापानमा सबैभन्दा धेरै ९८ नयाँ मामिला सार्वजनिक भएका छन्।

हङकङमा २४ नयाँ संक्रमित 

हङकङमा बुधवार संक्रमणका २४ नयाँ मामिला पुष्टि भएको छ। यहाँ कुल ४१० केश पुष्टि भएको छ। यहाँ सरकारले अन्य देशको सीमा बन्द गरिदिएको छ।

इटाली क्वारेन्टाइन तोडे जेल

इटालीमा एक दिनमा कोरोना भाइरसबाट ६८३ मानिसको ज्यान गएको छ। यहाँ मृतकको संख्या ७५ सय ३ पुगेको छ।  यहाँ संक्रमणको आँकडा ७४ हजार ३८६ पुगेको छ। इटालीमा ९ मार्चदेखि सुरु भएको लकडाउन ३ अप्रिलमा सकिँदैछ। 

मंगलवार कोरोना भाइरसलाई लिएर लापरवाही गर्नेविरुद्ध कडाइकासाथ प्रस्तुत हुने जानकारी सरकारले दिएको छ। सरकारले कोरोनासँग जुध्न याँ निर्देशिका नै जारी गरेको छ।

यसमा होम क्वारेन्टाइनको उलंघन गरेर सडकमा निस्किनेलाई जरिवानासँगै जेल सजाय हुने उल्लेख छ। इटालीमा सर्वसाधरणले नर्स र डाक्टरसहितका स्वास्थ्यर्कमीलाई ताली बजाएर धन्यवाद दिएका छन्। 

स्पेनमा २४ घण्टामै ६५६ को मृत्यु

उता स्पेन सरकारका अनुसार देशमा ४०८९ मानिसको ज्यान गएको छ। स्पेनमा मृतकको आँकडा चीनको भन्दा धेरै भइसकेको छ। चीनमा ३२८७ मानिसले ज्यान गुमाएका थिए। 

स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्वो बुधवार राति कोरोना भाइरसबाट संक्रमित भएकी छन्। रिपोर्टका अनुसा काल्वोको स्वास्थ्य चार दिनदेखि खराब थियो। 

उनी घरमै आइसोलेसनबाट सरकारी काम गरिरहेकी थिइन्। बुधवार राति उनको पहिलो रिपोर्ट पोजेटिभ आएको छ। स्पेन सरकाले काल्वोका कर्मचारी र उनको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइनमा जान आशेद दिएको छ। 

इजिप्टमा सटडाउन

इजिप्टले उसको राजधानी कायारालाई बुधवार साँझदेखि सटडाउन गरेको छ। यहाँ करिब दुई करोड मानिस बस्छन्। अधिकारीले कोरोना भाइरससँग जुध्न शहरमा कर्फ्यू लगाइदिएका छन्। 

सहरमा रेस्टुरा र क्याफे बिहानै खुल्थे। तर कर्फ्यू सुरू हुनुअघि नै सबै दोकान र रेस्टुरा बन्द गरिएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयले बिहीबार बताए अनुसा देशमा संक्रमणको मामिला अहिलेसम्म ४५६ पुगेको छ। यहाँ २१ मानिसको मृत्यु भइसकेको छ।

न्यूजील्यान्डमा पनि 

न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ कोरोना भाइरसका ७३ मामिला सार्वजनिक भएका छन्। यहाँ एकै दिनमा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। धेरैजसो संक्रमित विदेश घुमेर आएका हुन्। विदेशबाट फर्किएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदा कोरोना फैलिएको हो। 

कुन देशमा कति संक्रमित 

देश           संक्रमण                    मृत्यु
चीन         ८१,२८५                  ३,२८७
इटाली      ७४,३८६                  ७,५०३
अमेरिका  ६८,४८९                 १,०३२
स्पेन       ४९,५१५                ३,६४७
जर्मनी    ३७,३२३                 २०६
इरान    २७,०१७                 २०७७
फ्रान्स    २५,२३३                 १,३३१
स्विट्जरल्यान्ड १०,८९७           १५३
ब्रिटेन    ९,५२९                ४६५
द कोरिया    ९,२४१          १३१


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.