|

बैतडी : भारतबाट फर्किन लागेका २०० नागरिक सीमानाका झुलाघाटमा अलपत्र परेका छन्।

लकडाउनका कारण गएको ३ दिनदेखि उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन्।  ३ दिनदेखि आफूहरू झुलाघाटमा अलपत्र अवस्थामा रहेको बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएका गजेन्द्र भट्टले बताए।

उनले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरूलाई देख्ने बितिक्कै कुटपिट गर्ने गरेको  बताए। उनले भने,'आफूजस्तै २०० जना झुलाघाटमै अलपत्र अवस्थामा रहेका छौं। '

भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरू एउटा होटलको कुनामा लुकेर बसेको गुरुखोलाकै अर्का व्यक्ति रमेश भट्टले जानकारी दिए। अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले जंगलमा, महाकाली नदीको किनारमा लुकेर बसेका छौं' उनले भने, 'भारतमा लकडाउन रहेकाले होटलहरू बन्द रहेकोले ३ दिनदेखि भोकै र बाहिरै सुत्ने गरेका छौं। बारिरै सुत्नुपर्दा तथा भोकभोकै बस्नुपर्दा उल्कै बिरामी हुने चिन्ता  थपिएको छ।'

तीन दिनदेखि अलपत्र  हुँदा समेत जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिले आफूलाई नेपाल पुर्याउन केही पहल नगरेको भन्दै उनीहरू आक्रोशित समेत भएका छन्। यता  बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल थालिरहेको बताए।

२ दिनदेखि भारतको पिथौरागढका डिएमलाई सिल भएको नाका खोल्न आग्रह गरिएको बताए। दुबै देशले नाका सिल गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। सिल नाका खोल्नका लागि कुनै पहल नहुँदा धेरै नागरिक असुरक्षित रुपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.