|
फाइल फाेटाे

काठमाडौं : निजी अस्पताल एवम्‌ स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कायरताको संज्ञा दिएका छन्‌। 

इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन्‌। 

पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्‌, 'कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ। यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ।'

शाहले कोरोना संक्रमणबाट सुरक्षित रहनेगरी सजगता अपनाउन सरकारलाई ट्वीटरमार्फत सुझाव दिइरहेका छन्‌ भने नागरिक र राज्य एक भई अघि बढ्न आग्रह गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.