यसअघि अमेरिका र बेलायतमै एक-एकले गुमाए ज्यान

|

काठमाडौं : नोभल कोरोना भाइरसबाट बेलायमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ। गत सोमबार मृत्यु भएका ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको हो।

बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनको यही सोमबार मृत्यु भएको थियो। बिरामी परेपछि गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट उनको मृत्यु भएपछि आएको हो। जसमा कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। 

प्रशान्त दक्षिणपूर्वी लन्डनको प्लमस्टिडमा बस्दै आएका थिए। उनको क्वीन एलिजाबेथ अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो। प्रशान्तका नातेदार पदम कार्कीले उनको निधन कोरोनाबाट भएको जानकारी क्वीन एलिजावेथ अस्पतालले फोनबाट दिएको बताएका छन्। कार्कीले अस्पतालबाट अर्यालको मृत्यु कोरोनाबाटै भएको जानकारी बुधबार आएको उल्लेख गरे। 

अर्यालमा कोरोनाका लक्षणण देखिएपछि अस्पताल लगिएको थियो। उनको पु्र्ख्यौली घर चितवन हो। उनी परिवारसहित लण्डनमा बस्दै आएका थिए। प्रशान्तको मृत्यु भएपछि उनको परिवारलाई नै घरमै आइसोलेसनमा राखिएको छ।

तर परिवारका सदस्यहरुमा कोरोना कुनै लक्षण नदेखिएको र सबैजना स्वस्थ रहेको कार्कीले बताएका छन्। अर्यालको कोरोनाबाट मृत्यु भएको पुष्टि बेलायतमा बस्दै आएका नारायण गाउँलेले पनि गरेका छन्। 

बेलायतस्थित नेपाली दूतावासले अर्यालको परिवार सम्पर्कमा आएको जनाएको छ। बेलायतस्थित राजदूत दुर्गाबहादुर सुवेदीले अर्यालकी श्रीमतीसँग सम्वाद गरेका छन्। 

यसअघि लण्डनमा नै संखुवासभा घर भएका पू्र्वब्रिटिश सैनिक ६६ वर्षीय लीलाबहादुर राईको कोरोना भाइर संक्रमणबाट मृत्यु भएको थियो। कोरोनाबाट अमेरिका बस्दै आएका ५० वर्षीय अनिल सुब्बाको पनि मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.