देशका २७ वटा राज्यमा फैलियो

|

नयाँ दिल्ली : भारतले आफ्नो सारा शक्ति लगाउँदा पनि कोरोना भाइरसबाट एकै दिन ६ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोना फैलिएर देशका २७ वटा राज्यमा पुगिसकेको छ।

बिहीबारसम्म संक्रमितको आँकडा ६५८ भन्दा माथि पुगेको छ। भारतमा कोरोना फैलिएको १६ औँ दिनसम्म १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

बिहीबार मध्य प्रदेशको इन्दौरमा ३५ वर्षीय बिरामीले प्राण त्यागे। देशमा यति सानो उमेरमा कोरोनाबाट भएको यो पहिलो मृत्यु हो। 

मध्य प्रदेशका अलावा बिहीबार जम्मू-कश्मीरको श्रीनगरमा ६५ वर्षीय बिरामी, महाराष्ट्रको मुम्बईमा ६५ वर्षीय वृद्ध, गुजरातको भावनगरमा ७० वर्षीय वृद्ध र राजस्थानको भीलवाडामा एक बिरामीको ज्यान गएको छ। यसका अलावा कर्नाटकमा पनि ७५ वर्षीया महिलाको ज्यान गएको छ।

ज्यान गुमाएकामध्ये ९ जना बिरामीलाई पहिलेबाटै सुगरसहित अन्य रोग थियो। मदुरैका बिरामी लामो समयदेखि सुगर र रक्तचापको समस्या थियो। 

तमिलनाडु कोरोनाबाट यो पहिलो मृत्यु हो। यसअघि मंगलवार महाराष्ट्रमा एक संक्रमितको मृत्यु भएको थियो। यहाँ ६३ वर्षीय वृद्धको मृत्यु भएको थियो। उनलाई पहिलेबाटै उच्च रक्तापको समस्या थियो अहिलेसम्म ज्यान गुमाएकामध्ये ९ जनामा सुगरसहित कुनै न कुनै रोग थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.