|

काठमाडौं : नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाले संकटका बेला चिकित्सकको मनोबल गिर्नु नहुने बताएका छन्। 

डाक्टर कोइरालाले डब्लु एचओको गाइडलाइनअनुसार पीपीई न्युनतम आवश्यकता हो भन्दै सबै डाक्टरहरुलाई बिचलित नहुन सुझाएका छन्।  उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत डाक्टरले पनि पेशागत धर्म निमाउन सबैमा अपिल गरेका छन्।  

 

यसअघि हिजो प्रधानमन्त्री केपी ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई कोरोना भाइरसको यो मानवीय संकटको समयमा एकजुट भएर सामना गर्न आह्वान गरेका थिए।  उनले ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ , तपाईहरुसँगै छ, चिन्तित नहोऔँ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा आज एक ट्वीट गर्नुहुदै हाल मौज्दातमा रहेको सामाग्रीको अधिकाधिक प्रयोगबाट परिक्षण र उपचारमा सामेल हुन चिकित्सक तथा प्राविधिकहरुलाई आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.