विवादकैबीच स्पेनिस क्लब बार्सिलोनाले खेडालीको तलब काट्ने भएको छ। खेलाडी र व्यवस्थापकबीच तलब कटौतीका विषयमा विवाद भइरहेको अवस्थामा व्यवस्थापन पक्ष भने खेलाडीको तलब कटौती गर्ने निष्कर्षमा पुगेको हो। यद्यपि, यो विषय अझै टुंगोमा पुगेको छैन। खेलाडीसँग दुई दिनदेखि यो विषयमा छलफल गर्दा खेलाडीबाट सकारात्मक जवाफ नआएपछि क्लब व्यवस्थापकले आफ्नो योजनाअनुसार नै अगाडि बढ्ने बताएको छ।
जोसेप मारियाले क्लवको आर्थिक अवस्थालाई व्वस्थापन गर्नका लागि यो निर्णय गर्न लागेको बताए। उनले कोरोनाका कारण अहिले क्लब आर्थिक कठिनाईमा रहेको र तत्काल त्यसलाई व्यवस्थापन गर्न खेलाडीको तलब कटौतीभन्दा अर्को विकल्प नभएको बताए। प्रतियोगिता नहुँदा ५० प्रतिशत तलब कटौती गर्ने फिफाको प्रस्ताव अनुसार बार्सिलोनाले खेलाडीसँग प्रस्ताव राखेको थियो। जसमा ७० प्रतिशत तलब कटौती गर्ने बताइएको थियो।
जसमा खेलाडी असन्तुष्ट रहेका छन्। बार्सिलोनाले विभिन्न टिमहरुलाई ५ सय ९३ मिलियन पाउण्डभन्दा बढी रकम खर्च गर्नुपर्छ। त्यसमा फुटबल टिममा मात्र चार सय ६८ मिलियन पाउण्ड खर्च हुन्छ। फुटबल खेलाडीमा सबै भन्दा धेरै लियोनल मेस्सीले साताको ५ लाख पाउण्ड तलब खान्छन्।
त्यो पनि विना बोनस र इमेज राइट्स। यसमा कर पनि समावेश हुँदैन। यस्तै एन्टोइन ग्रिजमले साताको दुई लाख ९४ हजार, लुइस स्वारेजले दुई लाख ९० हजार जेरार्ड पिकेले दुई सात २० हजार पाउण्ड साताको लिने गर्छन। केही समयका लागि खेलाडी र कर्मचारीको तलव कटाउने विषयमा स्टार खेलाडी असहमत हुँदा व्यवस्थापकसँग उनीहरु केही रुष्ट देखिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।