|

बाँके : कोरोना भाइरसको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको छ। 

संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए।
 
उनले जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था रहेको बताए। उनले इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखेको बताउँदै संस्थागत रुपमा रक्तदान नभएकोले सर्वसुलभ रुपमा रगत उपलब्ध गराउन नसकिएको स्पष्ट पारे। ‘सट्टा भर्ना गर्न नसक्ने बिरामीलाई रगत दिन सक्ने अवस्था छैन,’ उनले भने।
 
उनले तत्कालै संस्थागत रक्तदान नभए समस्या आउन सक्ने औँल्याउँदै समस्या आउनुअघि नै रक्तदान गर्न रक्तदाता र संस्थासँग आग्रह गरे। कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै उनले बेलैमा रक्तदान गर्न अपिल गरेका छन्। ‘धेरै प्वाइन्ट रगत आवश्यक परे दिन सक्ने अवस्था हामीसँग छैन,’ उनले भने, ‘इमरजेन्सीका लागि राखेको रगतले धेरैलाई धान्न सक्ने अवस्था छैन । संस्थागत रक्तदान गर्न हामी अपिल गर्दछौँ ।’

उनले रक्तदान गर्न चाहने व्यक्तिका लागि आऊजाऊ गर्ने व्यवस्था मिलाउन तयार रहेको समेत बताए। ‘सुरक्षाकर्मी र प्रशासनसँग आग्रह गरेर रक्तदान गर्ने वातावरण मिलाउन हामी तयार छौँ,’ रेग्मीले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.