|

मनाङ : महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस र सरकारले लकडाउन लगाएपछि मनाङमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ।  प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार एक सयभन्दा बढी अलपत्र पर्यटकमध्ये २४ जनालाई उद्धार गरी पोखरा पठाइएको छ। ‘केही पैदलयात्रामार्फत लमजुङ बेंसीसहर पुगिसकेका छन्,’ प्रजिअ पौडेलले भने, ‘उनीहरूलाई मोटरमार्गबाट जिपमार्फत पोखरा पठाइएको छ।’ 

केही पर्यटक भने थोराङ्ला पास गरी मुस्ताङबाट पर्यटन बोर्ड पोखराले उद्धार गरिसकिएको उनले बताए। उद्धार गरिएका पर्यटक अमेरिका, फ्रान्स, जर्मन, नेदरल्यान्ड, बेल्जियमलगायत देशका रहेका छन्। 

अन्य पर्यटक पनि मनाङमा विभिन्न क्षेत्रमा रहेको हुन सक्ने भएकाले खोजी कार्य भइरहेको पौडेलले बताए। ‘यकीन तथ्यांक नहुँदा कहाँ कहाँ कोको छन् पत्ता लगाउन सकिएको छैन,’ पौडेलले भने, ‘पर्यटन बोर्ड पोखरामार्फत उनीहरूलाई गन्तव्यमा पु¥याउने व्यवस्था गरिएको छ।’
जिल्ला प्रशासन, स्थानीय तह, पर्यटन व्यवसायी, होटल व्यवसायीको सहकार्यमा अन्य पर्यटकको खोजी भइरहेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए।

जिल्ला प्रशासनबाट पास मिलाएर ती पर्यटकलाई पर्यटन बोर्ड पोखरासम्म पुग्ने व्यवस्था गरिएको छ।  उनीहरूलाई जिल्लाको ङिस्याङको ङावल, मनाङगाउँ, घ्यारु, पिसाङ, हुम्डेलगायत ठाउँबाट उद्धार गरिएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.