|

कञ्चनपुर : कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि कञ्चनपुरको भीमदत्त नगर बजारमा प्रहरीले सामजिक दूरी (सोसल डिस्टेन्स) कायम गरी उपभोक्तालाई उपभोग्य सामग्री खरिद गर्न लगाउन थालेको छ।

उपभोग्य वस्तु उपलव्ध हुने पसलमा एक उपभोक्तादेखि अर्को उपभोक्ताको दूरी एक मिटर कायम गरी उपभोग्य वस्तु खरिदको व्यवस्था गरिएको हो। अत्यावश्यक वस्तुका लागि उपभोक्ताको पसल अगाडि भीडभाड हुन नदिनका लागि एक मिटरको दूरीमा रहेर उपभोक्तालाई सामान खरिद गर्ने व्यवस्था गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताए। 

उपभोग्य सामग्री, ग्याँसलगायतका पसल अगाडि दूरी कायम गरिएको छ। बजार क्षेत्रमा लकडाउन गरिएका बेला उपभोक्तालाई अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि मात्रै बजारमा जान दिइने गरिएको छ।

स्थानीयले सामाजिक दूरी कायम गरी कोरोनालाई हराउन सकिने भएकाले सबै क्षेत्रमा यस कार्यलाई निरन्तरता दिइनु पर्नेमा जोड दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.