समाज : सुरक्षा/अपराध

फेसबुकमा कोरोनासम्बन्धी अफवाह फैलाउने पक्राउ

चैत १४, २०७६

    भद्रपुर । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् । 

    कोरोना भाइरसका बिरामी फेला पर्‍यो भन्दै सामाजिक सञ्‍जाल फेसबुकमार्फत लाइभ भिडियो गरेर समाजमा आतंक फैलाएको भन्दै दमक नगरपालिका १ बस्‍ने कुमार राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका  डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

    पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

    राई शुक्रबार दिउँसो दमकका एक बिरामीलाई ज्वरो आएको भन्दै एम्बुलेन्समा हालेर धरान लगिरहेको अवस्थामा उनले फेसबुक लाइभ भिडियो गरेर आतंक फैलाएका थिए। पक्राउ परेपछि उनले आफ्नो फेसबुकबाट अहिले उक्त पोस्ट डिलिट गरिसकेका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]