समाज

काेराेना संक्रमितकाे आशंकामा २ सय २२ जनामाथि निगरानी

चैत १४, २०७६

    पर्वत : कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको हुन सक्ने भन्दै स्थानीय तहहरुले जिल्लामा २ सय २२ जनामाथि निगरानी राखिएको छ। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शिशिर देवकोटाका अनुसार विभिन्‍न देशबाट फर्किएका तथा उनीहरुको परिवारका सदस्यहरूलाई विशेष निगरानीमा राखिएको हो।

    तथ्यांकअनुसार कुस्मा नगरपालिकामा ६६ जना, महाशिला गाउँपालिकामा १५ जना, बिहादी गाउँपालिकामा ३८ जना, मोदी गाउँपालिकामा ७ जना, जलजला गाउँपालिकामा ३१ जना र फलेवास नगरपालिकामा ६५ जनामाथि निगरानी राखिएको हो।  ‘यसमा केही वडाहरूबाट डाटा इन्ट्री गराइसक्नुभएको छैन। बिहीबारसम्म १ सय ८२ जनामाथि निगरानी राखिएकोमा यो संख्या बढेको छ,’ डा देवकोटाले भने,  ‘विशेषगरी विदेशबाट फर्किएका र त्यसमा पनि संक्रमित देशहरूबाट घर फर्किनुभएकाहरुलाई निगरानी गरिएको हो।’ 

    वैदेशिक रोजगारीबाट हालै गाउँ भित्रिएकाहरु तथा अन्य कुनै कामका लागि गाउँमा आउने हरेकलाई निगरानीमा राखेर उनीहरूको फोन नम्बर पनि राखिएको जनप्रतिनिधिहरुले बताएका छन्। महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले वडाका जनप्रतिनिधिहरूको माध्यमबाट स्थानीय तहमा भित्रिएका हरेक नयाँ व्यक्तिको व्यक्तिगत विवरणहरू संकलन र निगरानी गरिरहेको बताए।

    ‘पालिकामा भित्रिएका सबै जनाको व्यक्तिगत विवरणहरू संकलन गरेका छौँ, हामी आफैंले फोन गरेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी नियमित रूपमा लिइरहेका छौँ,’ उनले भने,  ‘हामीहरूले निगरानी गरिरहेकाहरु आफ्नै घरमा हुनुहुन्छ। उहाँहरूलाई सक्रमणको विषयमा सबै जानकारी गराएका छौँ।’

    चिकित्सक तथा स्थानीय जनप्रतिनिधिहरूका अनुसार आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा रहेकाहरूमा कुनै पनि शंकास्पद लक्षणहरू देखा परेमा चिकित्सहरुले तुरुन्तै परीक्षणको काम अगाडि बढाउनेछन्। ‘सेल्फ क्‍वारेन्टाइन’ मा रहेकाहरूमा कुनै पनि समस्या देखिएमा आफूmहरू ‘आइसोलेटेड उपचार’ को लागि हरदम तयारी अवस्थामा रहेको डा देवकोटाले बताए। 

    पर्वत अस्पतालमा चिकित्सकहरूको ‘क्‍विक रेस्पोन्स टिम’ उपचारको लागि तयारी अवस्थामा रहेको बेलामा पालिकाहरूले पनि आआफ्नै तरिकाले ‘आइसोलेटेड बेड’ हरू तयारी अवस्थामा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]