वसन्त चौधरी भन्छन् : सरकारलाई सक्दो सघाउँछौं

|

काठमाडौं : काठमाडौं उपत्यकाका अन्य निजी अस्पतालले कोरोना भाइरस संक्रमित हुन सक्ने भन्दै रुघाखोकीका बिरामीसमेत फर्काइरहेको अवस्थामा नर्भिक अस्पतालले १५ शैय्याको आइसोलेसन वार्ड शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।

कोरोना भाइरसका शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा राखेर उपचार भइरहेकोमा अब विकल्पकारुपमा नर्भिक पनि तयार भएको छ। उपत्यकामा कोरोना संक्रमितका लागि उपचार दिने नर्भिक पहिलो अस्पताल भएको छ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सरकारलाई पूर्ण साथ दिने बताउँदै आफ्नो मुख्य भवन भन्दा अलग्गै १५ शय्याको कोभिड आइसोलेसन वार्ड बनाएको हो।

नर्भिकका अध्यक्ष वसन्त चौधरीले यो संकटको घडीमा आफूहरु सरकारलाई पूरा साथ दिन तयार रहेको बताएका छन्। नर्भिकले कोरोनाका बिरामीको उपचारका लागि १५ शय्याको आइसोलेसन वार्ड बनाइसकेको उनले जानकारी दिए। 

'यो व्यवस्था  अन्य उपचारका लागि आउने बिरामीलाई बाधा नपर्ने गरी गरिएको हो', उनले भने, 'नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुरुप हामीले आइसोलेसन वार्ड सञ्चालनमा ल्याएका हौँ।'

सम्बन्धित समाचार

अधिकांश निजी अस्पताल कोरोनाका शंकास्पद बिरामी धमाधम टेकु पठाउँदै
अघि सर्दै निजी अस्पताल : नोबेलपछि बीएण्डसी पनि कोरोनाका बिरामीको उपचार गर्न तयार
कोरोना संक्रमितको उपचार गर्न नोबेल अस्पताल तयार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.